सरकारी कर्मचारीले राजनितिक टिप्पणी गर्न नपाउने
काठमाडौं : प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ को विधेयकले निजामती कर्मचारीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारणमा नयाँ व्यवस्था प्रस्ताव गरेको छ।
विधेयकको दफा ८८ अनुसार कर्मचारीले फेसबुक, टिकटक, एक्सलगायत सामाजिक सञ्जालमा राजनीतिक दल वा दलका पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पाउने छैनन्।
सामाजिक द्वेष वा कलह बढाउने तथा हिंसा भड्काउने खालका अभिव्यक्ति दिनसमेत विधेयकमा रोक लगाइएको छ।
विधेयकले कर्मचारीले आफ्नो पदीय जिम्मेवारीका क्रममा गरेका सरकारी कामकारबाहीलाई व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार गर्न पनि रोक लगाउने प्रस्ताव गरेको छ।
सरकारी कामको जस लिने वा त्यसलाई व्यक्तिगत उपलब्धिका रूपमा प्रस्तुत गर्ने उद्देश्यले व्यक्तिगत आइडी वा पेजबाट त्यस्ता गतिविधि सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ।
यसरी विधेयकले निजामती कर्मचारीको सामाजिक सञ्जाल प्रयोगमा राजनीतिक टिप्पणीदेखि सरकारी कामको व्यक्तिगत प्रचारसम्मका गतिविधिलाई नियमन गर्ने प्रस्ताव गरेको छ।
.gif)

.png)


