सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा निल

सिन्धुपाल्चोकका १४३ विद्यालयमध्ये सातको नतिजा शून्य


२०८३ बैशाख ३० बुधबार १२:०६ बजे

काठमाडौँट्ठ  सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा शून्य आएको छ। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार साधारणतर्फ ती विद्यालयका कुनै पनि विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन् र सबै 'ननग्रेडेड' भएका छन्।

शून्य नतिजा ल्याउने विद्यालयहरूमा लिसङ्खुपाखर गाउँपालिकाका बुद्धोदय र धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि, बलेफीको वनसाँघु मावि, भोटेकोशीका मार्मिङ र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुल रहेका छन्। यीमध्ये बुद्धोदय, भीमसेन र हेलम्बु बोधिसत्वमा प्राविधिक धारको समेत पढाइ हुने गरेकोमा प्राविधिकतर्फ भने केही विद्यार्थी मात्र ग्रेडेड हुन सफल भएका छन्।

यस वर्ष सिन्धुपाल्चोकका १२९ सामुदायिक, ११ संस्थागत र तीन खुला गरी कुल १४३ विद्यालयका विद्यार्थीहरू एसइईमा सहभागी भएका थिए। सातवटा सामुदायिक विद्यालयको नतिजा उत्साहजनक नहुँदा जिल्लाको समग्र शैक्षिक गुणस्तरमाथि प्रश्न उठेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७