एसइईमा उत्कृष्ट हुने छात्रछात्रालाई टेम्केमैयुङको पचास हजारसहित सम्मान


२०८३ असार ११ बिहीबार १४:५५ बजे

भोजपुर । भोजपुरमा एसइई परीक्षामा पालिका भित्र उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले एसइईमा उत्कृष्ट जिपिए ल्याउने एक छात्र र एक छात्रालाई नगद ५० हजारसहित सम्मान गरेको हो ।

गाउँपालिकाको केन्द्र वडा नम्वर ३ मा रहेको अन्नपूर्ण बागधन रणदिवा माध्यमिक विद्यालयबाट उत्कृष्ठ हुने छात्र आविष्कार घिमिरे र वडा नम्वर ८ गोगनेमा रहेको विद्येश्वर माविकी छात्रा स्नेहा राईलाई गाउँपालिकाले २० औं गाउँसभाको अवसर पारेर नगद ५० हजार र सम्मानपत्र प्रदान गरेको हो ।

आविष्कार तीन दशमलव ५४ र स्नेहा तीन दशमलव ३७ जिपिएसहित पालिका प्रथम भएका थिए । पालिकाको सहयोगले आगामी दिनमा पनि अध्ययनमा सहयोग हुने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

यसैगरी गाउँपालिकाले विद्येश्वर मावि गोगनेबाट एसइई परीक्षा उत्तीर्ण गरी एमबिबिएस अध्ययनरत छात्रा सान्गेन्मा साङपाङ राईलाई दुई लाख छात्रबृति प्रदान गरेको छ । यस्तै प्राबिधिक विषयमा अध्ययरनत अनुशासित तथा उत्कृष्ट विद्यार्थीहरु पस्लमु शेर्पा, इसा राई र चुडामणी श्रेष्ठलाई नगद ५० हजारका दरले छात्रवृति समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

यस वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गाउँपालिकाबाट सहभागी भई प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई समेत नगद पाँच हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७