एकताको लागि सभापति थापाको कदम, देउवा र शेखर पक्षका १९ नेता केन्द्रीय समितिमा मनोनीत
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन महत्वपूर्ण कदम चालेका छन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जना प्रभावशाली नेताहरूलाई सोमबार थापाले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन्।
सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूमध्येबाट यी सदस्यहरूलाई मनोनयन गरेको केन्द्रीय कार्यालयले जनाएको छ। विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालेपछि थापाले पहिलो पटक केन्द्रीय सदस्यहरूको मनोनयन गरेका हुन्। यसअघि पुसमा १३३ जना केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन भएका थिए।
क्र.सं. |
नाम |
जिल्ला |
१ |
महेन्द्र यादव |
धनुषा |
२ |
जीवन परियार |
कास्की |
३ |
उमेश श्रेष्ठ |
चितवन |
४ |
रमेश रिजाल |
पर्सा |
५ |
सुजाता कोइराला |
मोरङ |
६ |
दिलेन्द्रप्रसाद बडू |
दार्चुला |
७ |
चन्द्रकान्त भण्डारी |
गुल्मी |
८ |
अजयकुमार चौरसिया |
पर्सा |
९ |
लक्ष्मी परियार |
उदयपुर |
१० |
आङ्गेलु शेर्पा |
सोलुखुम्बु |
११ |
दिनेशकुमार यादव |
सप्तरी |
१२ |
राजीव कोइराला |
सुनसरी |
१३ |
राजीव ढुंगाना |
सुनसरी |
१४ |
प्रा.डा. गोविन्दराज पोखरेल |
प्यूठान |
१५ |
सुशीला मिश्र भट्ट |
कैलाली |
१६ |
नागिना यादव |
महोत्तरी |
१७ |
दिनेश कोइराला |
चितवन |
१८ |
डा. जीवन राना |
कैलाली |
१९ |
सीता थपलिया (उर्मिला) |
धादिङ |
मनोनयन हुनेहरूमा पूर्व सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार समेत छन्। यादव देउवा समूहका विश्वासपात्र मानिन्छन् भने परियार कोइराला निकट हुन्। यसैगरी सुजाता कोइराला, डा. चन्द्रकान्त भण्डारी र दिलेन्द्रप्रसाद बडू जस्ता सिनियर नेताहरूलाई पनि केन्द्रीय समितिमा समेटिएको छ।
.jpg)
.gif)

.png)


