बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने


२०८३ असोज ८ बिहीबार १६:२१ बजे
फाइल फोटो

काठमाडौं : भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

बिहीबार प्रशासनले सूचना जारी गरी बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा चल्ने सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जानकारी दिएको छ।

मौसममा आएको परिवर्तनका कारण धादिङ तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा आवागमन रोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझ्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७