नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु : २ एजेण्डामाथि छलफल


२०८२ चैत ६ शुक्रबार १३:४९ बजे

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । केही समयअघि प्रारम्भ भएको बैठकमा समसामयिक दुई मुख्य विषयमा छलफल केन्द्रित रहने जनाइएको छ ।

बैठकको कार्यसूचीअनुसार हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा र पार्टीभित्र देखिएको नेतृत्वसम्बन्धी विषयमा छलफल हुने तयारी गरिएको छ । सभापति पदसँग जोडिएको राजीनामाबारे पनि बैठकमा विचार-विमर्श हुने बताइएको छ ।

सभापति गगन थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत बुझाइसकेका छन् । तर, उक्त बैठकमा सभापति थापा भने अनुपस्थित रहेको जनाइएको छ ।

पार्टी नेतृत्व र केन्द्रीय सदस्यहरूको उपस्थितिमा जारी बैठकले निर्वाचनपछिको अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तथा संगठनात्मक निर्णयका विषयमा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७