एमालेमा ईश्वर पोखरेलसहित ७ नेता स्थायी कमिटी सदस्य मनोनीत
काठमाडौं : नेकपा (एमाले)ले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
जारी केन्द्रीय कमिटी तेस्रो बैठकमा उनीहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरिएको हो।
यसरी मनोनीत हुनेहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी रहेका छन्।
.gif)

.png)


