नेपाली कांग्रेसद्वारा ‘छाया सरकार’ गठन: भीष्मराज आङ्देम्बे प्रधानमन्त्री, कसलाई कुन मन्त्रालय?
संसदीय समितिमा समन्वयकर्ताको जिम्मेवारी
काठमाडौं : नेपाली कांग्रेसले सरकारका कामकारबाहीमा सूक्ष्म निगरानी राख्न र संसदीय अभ्यासलाई प्रभावकारी बनाउने उद्देश्यले ‘छाया सरकार’ गठन गरेको छ। संसदीय दलले दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको छ भने विभिन्न मन्त्रालयका लागि छाया मन्त्रीहरू तोकेको छ।
छाया मन्त्रिपरिषद्का मुख्य जिम्मेवारीहरू:
-
गृह: प्रकाश सिंह कार्की
-
अर्थ: नरेन्द्रकुमार केरुङ
-
परराष्ट्र: सुनिलबहादुर थापा
-
पूर्वाधार विकास: मोहन आचार्य
-
शिक्षा तथा खेलकुद: डा. फिर्दोष आलम
-
स्वास्थ्य तथा खाद्य स्वच्छता: डा. चन्द्र मोहन यादव
-
कानुन, न्याय तथा संसदीय मामिला: खम्मबहादुर खाती
-
रक्षा: खड्ग शाही
-
सूचना तथा सञ्चार: मनमाया विश्वकर्मा
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ: सन्तोष सुब्बा
-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन: योगेश गौचन
-
उद्योग, वाणिज्य तथा आपूर्ति: विष्णु बहादुर खड्का
-
कृषि, वन तथा पर्यावरण: डा. प्रमिला कुमारी गच्छदार
-
युवा, श्रम तथा रोजगार: गीता गुरुङ
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन: सन्दीप राना
-
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा: डा. गंगा लक्ष्मी अवाल
-
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन: जनकराज गिरी
छाया मन्त्रिपरिषद्मा प्रकाश सिंह कार्की (गृह), नरेन्द्रकुमार केरुङ (अर्थ), सुनिलबहादुर थापा (परराष्ट्र), मोहन आचार्य (पूर्वाधार विकास), डा. फिर्दोष आलम (शिक्षा तथा खेलकुद), डा. चन्द्र मोहन यादव (स्वास्थ्य तथा खाद्य स्वच्छता), खम्मबहादुर खाती (कानुन, न्याय तथा संसदीय मामिला), खड्ग शाही (रक्षा), मनमाया विश्वकर्मा (सूचना तथा सञ्चार), सन्तोष सुब्बा (ऊर्जा, जलस्रोत तथा सिँचाइ) र योगेश गौचन (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) रहेका छन्।
.jpg)
त्यस्तै, विष्णु बहादुर खड्का (उद्योग, वाणिज्य तथा आपूर्ति), डा. प्रमिला कुमारी गच्छदार (कृषि, वन तथा पर्यावरण), गीता गुरुङ (युवा, श्रम तथा रोजगार), सन्दीप राना (विज्ञान, प्रविधि तथा नवप्रवर्तन), डा. गंगा लक्ष्मी अवाल (महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा) तथा जनकराज गिरी (भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन) लाई जिम्मेवारी दिइएको छ।
यसका साथै, प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा प्रभावकारी समन्वयका लागि कांग्रेसले समन्वयकर्ताहरू पनि तोकेको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा रेखाकुमारी यादव, अर्थ समितिमा खडकबहादुर बुढा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रेनुका काउचा मगर, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा टेकबहादुर गुरुङ, कानुन, न्याय तथा मानव अधिकार समितिमा निनुकुमारी कर्ण, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गीता कुमारी सेन्दाङ, पूर्वाधार विकास समितिमा भरत कुमार स्वाँर, महिला तथा सामाजिक मामिला समितिमा रिना उप्रेती केसी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सिता थपलिया ‘उर्मिला’लाई जिम्मेवारी दिइएको छ।
संसदीय समितिमा समन्वयकर्ताको जिम्मेवारी कांग्रेसले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा प्रभावकारी भूमिका निर्वाह गर्न समन्वयकर्ताहरू पनि तोकेको छ:
-
राज्य व्यवस्था तथा सुशासन: रेखाकुमारी यादव
-
अर्थ समिति: खडकबहादुर बुढा
-
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन: रेनुका काउचा मगर
-
उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित: टेकबहादुर गुरुङ
-
कानुन, न्याय तथा मानव अधिकार: निनुकुमारी कर्ण
-
कृषि, सहकारी तथा प्राकृतिक स्रोत: गीता कुमारी सेन्दाङ
-
पूर्वाधार विकास: भरत कुमार स्वाँर
-
महिला तथा सामाजिक मामिला: रिना उप्रेती केसी
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि: सिता थपलिया ‘उर्मिला’
लोकतान्त्रिक संसदीय पद्धतिमा प्रमुख प्रतिपक्षी दललाई वैकल्पिक सरकारका रूपमा हेरिने भएकाले सरकारलाई जवाफदेही बनाउन आफूहरूले विगतदेखि नै यस्तो अभ्यास गर्दै आएको कांग्रेसका नेताहरूको भनाइ छ।
.gif)

.png)

