नेपाली कांग्रेस एकढिक्का हुन्छ, देशका लागि एकढिक्का हुन जरुरी छ : शेखर कोइराला

‘प्रजातन्त्र भनौँ, लोकतन्त्र भनौँ, अहिले अप्ठ्यारो परिस्थितिमा छ’


२०८३ श्रावण २९ शुक्रबार १९:३० बजे

काठमाडौं :  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र र बाहिर कुनै पनि किसिमको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन्। शुक्रबार काठमाडौंको सुकेधारामा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस निरंकुशताको विरोधमा उभिएको पार्टी भएको बताए।

‘हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौँ। कांग्रेस कुनै निरंकुशता स्वीकार गर्ने पार्टी होइन,’ उनले भने। कोइरालाले अहिले लोकतन्त्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए। ‘प्रजातन्त्र भनौँ, लोकतन्त्र भनौँ, अहिले अप्ठ्यारो परिस्थितिमा छ,’ उनले भने।

उनले प्रेस स्वतन्त्रता, न्यायपालिका र मानव अधिकारको अवस्था पनि चुनौतीपूर्ण बन्दै गएको दाबी गरे। ‘अहिले प्रेस स्वतन्त्रतामाथि अँध्यारो बादल छाउन थालेको अवस्था छ। त्यसलाई नेपाली कांग्रेसले मात्रै चिर्न सक्छ,’ उनले भने।

सरकारको आदेशका नाममा मानव अधिकारको हनन भइरहेको आरोप लगाउँदै कोइरालाले राज्यका निकायबाट हुने यस्ता गतिविधि स्वीकार्य नहुने बताए। ‘मानव अधिकार अत्यन्त नाजुक अवस्थामा गइरहेको छ। माथिको आदेश भनेर मानिसको घरमा गएर प्रहरी प्रशासनले खानतलासी गरिरहेको छ। यो अवस्थालाई स्वीकार गर्न मिल्दैन,’ उनले भने।

न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै कोइरालाले न्यायपालिकाबाटै न्याय पाउने विश्वास व्यक्त गरे। ‘हामीले प्रयास पनि गरेको हो, त्यो विफल भयो। सर्वोच्चले न्याय दिन्छ, त्यो न्यायबाट हामी अगाडि बढ्छौँ,’ उनले भने।

कोइरालाले नेपाली कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको भए पनि अन्ततः पार्टी एकढिक्का हुने विश्वास व्यक्त गरे। ‘नेपाली कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको छ। एकढिक्का हुन्छ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७