नयाँ सदस्यता वितरण गर्न नेपाली कांग्रेसले पठायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
असार २० गतेसम्म सम्बन्धित जिल्लामा बस्न निर्देशन
काठमाडौं : नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै नयाँ सदस्यता वितरण कार्यलाई चुस्त र व्यवस्थित बनाउन देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, सदस्यता वितरण प्रक्रियालाई प्रभावकारी र मर्यादित बनाउन केन्द्रीय तहबाटै प्रतिनिधिहरू परिचालन गरिएको हो। तोकिएका प्रतिनिधिहरूले २०८३ असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा नै उपस्थित भई समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्नेछन्। केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरणका लागि असार २० गतेसम्म सम्बन्धित जिल्लामा बस्न भनिएको छ।
यस पटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले केन्द्रीय प्रतिनिधिहरूलाई स्पष्ट कार्यादेश दिएको छ। संगठनभित्र युवा पुस्ताको सक्रिय सहभागिता बढाउँदै आगामी महाधिवेशनको जग बलियो बनाउने उद्देश्यका साथ अगाडि सारिएको यो अभियानले कांग्रेसको सांगठनिक सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
केन्द्रीय प्रतिनिधिलाई दिएको कार्यादेशमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिले २०८३ असार ७ देखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुनेछ।’
.jpg)
.jpg)
.jpg)
.gif)

.png)

