राष्ट्र बैंकका डेपुटी गभर्नर रावलले लिए शपथ


२०८३ भदौ ४ बिहीबार १७:४८ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएपछि रावलले बुधबार नै पदबहाली गरेका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

रावल लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत छन्। उनी २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए। त्यसपछि २०६९ सालमा उपनिर्देशक र २०७५ सालमा निर्देशक भएका थिए। उनी २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। डेपुटी गभर्नरमा नियुक्त हुनुअघि रावलले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७