शिक्षक सरुवामा विभेद गरेको भन्दै इलाम रोङमा प्रअ र अध्यक्ष हटाउन माग
काठमाडौँ : इलामको रोङ गाउँपालिका–६ रम्भ्याङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा शिक्षक सरुवामा स्थानीयलाई विभेद भएको आरोपमा स्थानीयहरूले विरोध जनाएका छन् ।
विद्यालय प्रशासन र व्यवस्थापनले प्रावि दरबन्दीमा रिक्त स्थानमा स्थानीय शिक्षक सरुवा हुन नदिएर मनपरी सुटुक्क करारमा शिक्षक नियुक्त गर्ने निर्णय गरेको स्थानीयहरूले बताएका छन् ।
स्थानीय सुमित्रा राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि स्कुलमा योगदान गर्ने परिवारहरू दु:खी भएका छन् र उनीहरूले भएको विभेदको विरोध गरेका छन्। राईले यस विषयमा वडा कार्यालयमा उजुरी दिएको जानकारी पनि गराइन्।
स्थानीयले विद्यालयका निमित्त प्र.अ. गोबिन्द बहादुर पौडेल र व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर राईको कदमप्रति प्रश्न उठाउँदै विरोध देखाएका छन् । उनीहरूले विभेद गरिएको शिक्षकहरूको कारबाही गरी रिक्त दरबन्दीमा स्थानीय स्थायी शिक्षक नियुक्ति सुनिश्चित गर्न माग गरेका छन्।

.gif)

.png)

