कांग्रेस र एमालेले जितेको इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पहिलो


२०८२ फाल्गुण २७ बुधबार १६:४१ बजे

काठमाडौँ : इलामका दुईवटै निर्वाचन क्षेत्रमा समानुपातिक मततर्फ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सर्वाधिक मत प्राप्त गरेको छ। श्रम संस्कृतिले समानुपातिक क्षेत्रमा प्रमुख स्थान ओगटेको भए पनि प्रत्यक्ष निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारहरूले विजयी भएका थिए । 

इलाम–१ मा, श्रम संस्कृति पार्टीले १६ हजार ५५० मत ल्याएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ हजार ६९६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ। नेपाली कांग्रेसले १० हजार ८१६ मत मात्र प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ, कांग्रेसको उम्मेदवारले १४ हजार ५४३ मत प्राप्त गर्दा श्रम संस्कृतिका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत पाएका थिए। यसरी, समानुपातिकतर्फ श्रम संस्कृतिको प्रदर्शन राम्रो भएको छ भने कांग्रेस तेस्रो स्थानमा झरेको हो । 

इलाम–२ मा पनि श्रम संस्कृति पार्टीले समानुपातिक मतमा अग्रता कायम राखेको छ। यस क्षेत्रका मत परिणाम अनुसार, श्रम संस्कृतिले १७ हजार ४८२ मत प्राप्त गरेको छ। प्रत्यक्ष निर्वाचनमा भने, एमालेले १६ हजार ४६२ मतसहित पहिलो स्थान ओगटेको छ। रास्वपा तेस्रो स्थानमा रहेको छ, जसले १३ हजार ३४१ मत प्राप्त गरेको छ । 

कांग्रेसले ११ हजार ९१९ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले १ हजार २५० मत ल्याएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७