प्रधामन्त्रीलाई नेम्वाङले भने : इलामको कृषि र पर्यटन विकासले अर्थतन्त्रलाई बलियो बनाउँछ


२०८२ चैत १६ सोमबार १५:१९ बजे

काठमाडौँ : इलाम-२ का सांसद सुहाङ नेम्वाङ इलामको कृषि र पर्यटन विकासका सम्भावनाबारे प्रधानमन्त्री बालेन शाहलाई ब्रिफिङ दिएका छन्  । 

सोमबार प्रधानमन्त्रीले कोशी प्रदेशका सांसदहरूलाई बोलाएर आ-आफ्ना क्षेत्रको समस्या र समाधानका उपायबारे छलफल गरेका थिए। सो क्रममा सांसद नेम्वाङले इलामको कृषि र पर्यटनको उचित व्यवस्थापनले देशकै अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउन सक्ने बताए। उनले बीउदेखि बजारसम्म सरकारले अभिभावकीय भूमिका निभाउनुपर्ने जोड पनि दिएका छन्।

सांसद नेम्वाङले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा र प्रविधि क्षेत्रमा देखिएका चुनौतीहरूबारे जानकारी गराए । त्यसैगरी दमक–चिसापानी सडकखण्डको ठेक्का विवाद र बेलासे सडकखण्डको अवस्थाबारे समेत प्रधानमन्त्रीलाई विवरण दिएका छन्।

यसअघि विपद्को बेलामा संकटग्रस्त क्षेत्र घोषणा भएको स्मरण गराउँदै सांसद नेम्वाङले हालको अवस्थाबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७