कोशी पहाड उक्लिए बालेन : बिहानैदेखि इलामकाे घरदैलोमा (तस्बिरहरू)
झापा : मधेसबाट चुनावी अभियानमा अभियान थालनी गरेर मंगलबार झापा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन कोशीको पहाड उक्लिएका छन् । मंगलबार झापा क्षेत्र नं.५ को उम्मेदवारी दर्ता गरेर बुधबार दिनभर मतदातासँग भेटघाट गरेका बालेन विहिबार इलाम पुगेर बिहानैदेखि घरदैलोमा सक्रिय छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल, क्षेत्र नम्बर गोकुलबहादुर राईका लागि मत माग्न इलाम बजार पुगेका हुन्। बालेन इलाम बजारमा बिहानदेखि घर दैलोमा छन् ।
बालेन इलाम हुँदै पाँचथर र ताप्लेजुङको यात्रामा निस्किनेछन् । विहिबार साँझ ताप्लेजुङ बजारमा स्थानीय नेता तथा कार्यकर्ताहरुसँग अनौपचारिक संवाद गर्नेछन् । ताप्लेजुङका उम्मेदवार विरेन्द्र श्रेष्ठसहितका छलफलको तयारी छ । शुक्रबार बिहान पाथीभरा दर्शन गरेर उनी झापा फर्किनेछन् । झापा सहित समय मिलेसम्म कोशीको सुनसरी, मोरङ, उदयपुर पहाडी जिल्लाहरु धनकुटा, तेहथुम, भोजपुर पनि जाने कार्यक्रम उनको सचिवालयले जनाएको छ ।
.jpg)



.jpg)

.gif)

.png)

