पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति


२०८२ चैत १५ आइतबार १९:३७ बजे

काठमाडौँ : जिल्ला अदालत काठमाडौं सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

अदालतले आइतबारदेखि लागू हुने गरी ७ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार बिहान खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। हाल उनको बयान लिने प्रक्रिया सुरु भइसकेको जनाइएको छ।

अदालतको आदेशमा भनिएको छ, ‘दिपक खड्‌काको आज बयान कार्य सुरू भए पनि उनी विरूद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरू बाँकी नै रहेकाले सो प्रयोजनका लागि प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा दिपक खड्‌कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ।’

खड्काविरुद्ध भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनको निवासमा जलेका नोट भेटिएको घटनासँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाइएको हो ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७