जिल्ला अदालतका १५ न्यायाधीश सरुवा सिफारिस


२०८३ भदौ ३० मंगलबार १४:५८ बजे

काठमाडौं : न्याय परिषद्ले जिल्ला अदालतका १५ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस गरेको छ। मंगलबार बिहान बसेको बैठकले उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। यसअघि नै काजमा सरुवा गरिएका न्यायाधीशहरूको सोही स्थानमा सरुवा कायम गर्न सिफारिस गरिएको छ। 

जसअनुसार किशोर घिमिरेलाई सिन्धुली, दीपक ढकाललाई कास्की, सन्तोषप्रसाद पराजुलीलाई सप्तरी र भक्तपुरमा काजमा रहेका विनोद खतिवडाको दरबन्दी न्याय परिषद्मा सार्न सिफारिस गरिएको छ। यस्तै, गीता श्रेष्ठलाई काभ्रेपलान्चोक, टेकराज जोशीलाई रौतहट, रोमाकान्त ज्ञवालीलाई सुनसरी, दुर्गादेवी गुरुङलाई बारा, नरेन्द्रबहादुर बुढालाई सुर्खेत, कमलकान्त जोशीलाई काठमाडौं, दुर्गाप्रसाद बस्याललाई दाङ, ठाकुरप्रसाद पौडेललाई दार्चुला, अनुपमा पन्तलाई सुनसरी, ताराप्रसाद डाँगीलाई बाजुरा र वासुदेव पाण्डेलाई सप्तरी सरुवा गर्न सिफारिस गरिएको छ। उनीहरू यसअघि सम्बन्धित जिल्लामा काजमा कार्यरत थिए। 
त्यसैगरी, नवनियुक्त न्यायाधीश भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७