इजरायली हतियार निर्माण केन्द्रमा इरानको ड्रोन आक्रमण
काठमाडौँ : इरानी सेनाले इजरायलको प्रमुख हतियार निर्माण कम्पनी ‘राफेल एडभान्स्ड डिफेन्स सिस्टम्स’ मा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यो आक्रमण ‘अपरेसन ट्रु प्रमिस ४’ अन्तर्गत गरिएको इरानी सेनाले मंगलबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
इरानका अनुसार, यो आक्रमण उनीहरूको सैन्य कमान्डर र नागरिकहरूको हत्याको प्रतिशोध स्वरूप गरिएको हो। इरानी अधिकारीहरूले आरोप लगाएका छन् कि ‘राफेल’ केन्द्रले इजरायली सेनाका लागि ‘आइरन डोम’ जस्ता आधुनिक प्रतिरक्षा प्रणाली र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अत्याधुनिक हतियारहरू निर्माण गर्दै आएको छ।
यस केन्द्रले इरानका नागरिक बस्तीहरूमा हमला गर्न प्रयोग हुने सफ्टवेयर र प्रविधिहरू उपलब्ध गराएको इरानको आरोप छ ।
यो आक्रमण फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि सुरु भएको युद्धको भयानक रूप हो । यसअघि, इरानले कतार, बहराइन र यूएईमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा पनि ड्रोन र मिसाइल प्रहार गरेको थियो।
.gif)

.png)

