बुलेट बाइकमार्फत् गायनमा फर्किइन् आशा बुढा (भिडियो)


२०८३ भदौ २७ शनिबार २२:३५ बजे

काठमाडौं : गायिका आशा बुढा  लामो समयदेखि पुनः गायनमा फर्किएकी छन्। गीतकार लोकराज अधिकारीको शब्दमा तयार भएको तीज गीत लामो समयदेखि सांगीतिक क्षेत्रबाट टाढा रहेकी ‘बुलेट बाइक’ मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन्।

गीतकार अधिकारीकै विशेष आग्रहपछि आफू पुनः गायनमा फर्किएको आशाले बताएकी छन्। लामो अन्तरालपछि तीज गीतमार्फत संगीतमा फर्किन पाउँदा आफू निकै उत्साहित रहेको उनले बताएकी छिन्। गायिका आशाले यसअघि यम बराल, डा. गोविन्द आचार्यलगायत चर्चित गायक–गायिकासँग विभिन्न गीत तथा गीति एल्बममा सहकार्य गरिसकेकी छन्। नयाँ गीत सार्वजनिक भएसँगै उनको पुनरागमनले सांगीतिक क्षेत्रमा चर्चा पाएको छ।

उक्त गीतको भिडियोमा शिलास्मा हमाल, पूर्णिमा आचार्य र ओम सिटौलालगायतले अभिनय गरेका छन्। भिडियोको छायांकन सुबिन गोदारले गरेका हुन् भने सम्पादन नीराजन केसीले गरेका छन्। श्याम पटेलको नृत्य निर्देशन रहेको भिडियोको दृश्य निर्देशन भने गीतकार लोकराज अधिकारीले नै गरेका छन्। उक्त गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ।

हेर्नूहोस् भिडियो:

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७