‘ग्लोबल साउथ विश्व व्यवस्थामा निर्णायक बन्नुपर्छ’
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ विश्व व्यवस्थामा निर्णायक बन्नुपर्ने बताएका छन्। नयाँदिल्लीमा सुरु भएको १८औँ ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले वर्तमान विश्व व्यवस्थामा सुधार आवश्यक रहेको बताए।
‘ब्रिक्सलाई थप सुदृढ पार्दै गर्दा हामीले विश्वव्यापी सुधार पनि अघि बढाउनुपर्छ। विश्व व्यवस्थाको अहिलेको संरचना पिरामिड आकारको छ। शक्ति र निर्णय लिने अधिकार माथिल्लो तहमा केन्द्रित छ। तल्लो तहमा ती निर्णयबाट प्रभावित राष्ट्रहरू छन्। तर, ती निर्णयलाई प्रभावित गर्न उनीहरूले सक्दैनन्,’ मोदीले भने।
उनले ‘ग्लोबल साउथ’ निर्णय प्रक्रियामा प्रभावकारी बन्नुपर्ने बताउँदै त्यसको नेतृत्व लिन भारत तयार रहेको उल्लेख गरे। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले पश्चिम एसियामा जारी युद्धले अन्तर्राष्ट्रिय समुदायको हित नगर्ने बताएका छन्। उनले ब्रिक्स सदस्य राष्ट्रहरूलाई राष्ट्रिय सार्वभौमसत्ता र आन्तरिक मामिलामा हुने हस्तक्षेपको विरोध गर्नसमेत आह्वान गरे।
मोदीले १८औँ ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूलाई स्वागत गरेका छन्। उनले सी र पुटिनसँग हात मिलाएको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
.gif)

.png)

