इलाम–२ मा सुदीप राई अगाडि, सुहाङ नेम्वाङ दोस्रो स्थानमा


२०८२ फाल्गुण २२ शुक्रबार १८:०३ बजे

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा इलाम क्षेत्र नम्बर–२ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई अग्रस्थानमा रहेका छन् ।

हालसम्मको मतगणनाअनुसार राईले १ हजार ५०४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ३६० मत पाउँदै दोस्रो स्थानमा रहेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य ६३३ मतसहित तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोकुलबहादुर राईले ४२० मत प्राप्त गरेका छन् । 

यस्तै तारा (ओम गुरुङ) ले १३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७