रास्वपा बाजुराका सचिव एमाले प्रवेश


२०८२ फाल्गुण १७ आइतबार १६:०५ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । 

बुढालाई एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापा र नरेश रोकायाले औपचारिक रूपमा स्वागत गरेका छन्। 

एमाले केन्द्रीय सदस्य थापाले बुढाको संगठनात्मक अनुभव र क्षमताले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै जिल्लामा जनाधार विस्तारमा उनको भूमिका महत्वपूर्ण हुने बताए।

स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन निर्माणमा सक्रिय भूमिका खेलेका बुढा पछिल्लो दुई वर्ष रास्वपामा जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। पार्टी प्रवेशपछि बुढाले मुलुकको समग्र विकास, स्थायित्व र समृद्धिका लागि नेकपा एमाले उपयुक्त रहेको बताए। उनले रास्वपामा स्पष्ट नीति र दीर्घकालीन कार्यदिशा नदेखिएपछि एमालेमा फर्किएको बताए।

हाल बाजुरामा एमालेबाट लालबहादुर थापा उम्मेदवार छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७