प्रहरीका २९ इन्सपेक्टरको नतिजा सार्वजनिक
काठमाडौं : नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ। अन्तिम छनोटमा २९ जना उम्मेदवार सिफारिस भएका छन्। नेपाल प्रहरीको मानव स्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शनिबार अन्तिम नतिजा सार्वजनिक गरेको हो।
सिफारिस भएका उम्मेदवारको नामावलीसहितको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरीको आधिकारिक नतिजा प्रणालीमा समेत प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशनसम्बन्धी सूचना राखिएको छ।



.gif)

.png)

