विधान संशोधन गर्न रास्वपाले कार्यदल बनाउने

कानुन निर्माण तथा सरकारको काम प्रभावकारी बनाउने तयारी


२०८३ भदौ ३ बुधबार १६:०५ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ लाई आवश्यकताअनुसार संशोधन गर्ने तयारी गरेको छ। बुधबार बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदबीच संसद् र सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव र आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए। उनका अनुसार विधान संशोधनमा सांसदहरूको संसदीय मर्यादा र जिम्मेवारीसँगै जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछन्।

बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयसँग सम्बन्धित विषय उठाएका थिए भने मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयअन्तर्गत भइरहेका कामबारे जानकारी गराएका थिए। यस्तै, सरकारका कामकारबाही जनतासमक्ष पुर्‍याउने क्रममा देखिएका दूरी र कमजोरी पहिचान गरी सुधार गर्ने विषयमा समेत छलफल भएको पराजुलीले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७