रवि लामिछानेले ढिलो नगरी सरकार सम्हाल्नुपर्छ : हर्क साम्पाङ


२०८३ भदौ ६ शनिबार १३:४५ बजे

काठमाडौं :  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई ‘हर्क साम्पाङ’ले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री रहेका बेला साम्पाङले लामिछानेलाई सरकारको नेतृत्व सम्हाल्न आग्रह गरेका हुन्।

साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत लामिछानेलाई तत्काल सरकारको नेतृत्व लिन आग्रह गर्दै लेखेका छन्, रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ, न विकास। एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, अरू त उही।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७