बारा घटनाको निष्पक्ष छानबिन गर्न कुलमान घिसिङको माग


२०८३ भदौ ६ शनिबार १४:२२ बजे

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् । पूर्वमन्त्री घिसिङले शनिबार (भदौ ६) विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरेका हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराएकी बालिकाको शव यही भदौ २ मा सोही स्थानको एउटा घरमा भेटिएको थियो । बालिकाको करणीपछि हत्या भएको प्रहरीले जनाएको छ । यो जघन्य अपराधबाट समाजमा बालबालिकाको सुरक्षा र राज्यको दायित्वमाथि प्रश्न उठाउँदै उज्यालो नेपालले पीडितलाई न्याय दिन माग गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७