बालेनको घरमा पस्यो चोर, गेटमा तोडफोड र चोरी 


२०८२ माघ १७ शनिबार ११:३५ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ मा  प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र (बालेन) साहको काठमाडौंस्थित घरमा तोडफोड र चोरी भएको छ ।

गएराति अज्ञात समूहले बालेन शाहको काठमाडौंस्थित घरको गेटमा तोडफोड गरेको हो। स्रोतका अनुसार हिजो साँझ करिब साढे ६ बजेतिर चोरी भएको हो । चोर समूहले सुनका गरगहना,नगद रकम र केही चरेसका थालसमेत लगेको बुझिएको छ । बुढाथोकीले शाहको घरको गेटमा ग्रील फुटाइएको प्रहरीले जनाएको छ । 

शाह शनिबार  कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी यात्रा सकेर कर्णालीका केही जिल्ला हुँदै उनी शनिबार बिहान सुर्खेत आइपुगेका हुन् । बालेनलाई मत माग्न उनकी पत्नी सविना काफ्ले भने झापामा छिन् ।

बालेनको शुक्रबार जुम्ला पुग्ने कार्यक्रम थियो । जुम्लामा रास्वपा नेतृ विनिता कठायतलगायतले स्वागत्‌को तयारी गरेको थिए । तर, बालेनले काठमाडौंको खबर सुनेपछि सुर्खेत हतार हतार झरेका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७