नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री बालेन शाहले आज जवाफ दिने

बिहान ११ बजे प्रतिनिधिसभा र सवा १२ बजे राष्ट्रियसभा बैठक बस्ने


२०८३ बैशाख ३० बुधबार ०७:१७ बजे

काठमाडौँ: आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख २८ गते प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरू र छलफलका क्रममा उठेका विषयहरूमा केन्द्रित रहेर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् । यसैगरी, दिउँसो १२ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७