प्रधानमन्त्री बालेन शाह कहाँ हुनुहुन्छ : हर्क साम्पाङ
काठमाडौँः श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा आज पुनः प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर कडा प्रश्न उठाएका छन्।
संसद्को विशेष समयमा बोल्दै साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ का व्यवस्थालाई स्मरण गराए। उनले उक्त नियम अनुसार सांसदहरूले उठाएका जनसरोकारका सवालहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको दाबी गरे।
सभामुखको ध्यानाकर्षण गराउँदै उनले आक्रोशित मुद्रामा प्रश्न गरे, ‘प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन?’
अध्यक्ष साम्पाङले संसद् र जनताप्रति उत्तरदायी बन्न नसक्ने र आफ्नो पदीय कर्तव्य निर्वाह गर्न नसक्ने हो भने प्रधानमन्त्री शाहले पदमा बसिरहनुको औचित्य नभएको बताए। उनले प्रधानमन्त्रीले तत्काल पद त्यागेर नयाँ नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने आफ्नो अडान फेरि पनि दोहोर्याएका छन्।
.gif)

.png)

