सही समय आउनलाई केही समय लाग्छ, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन शाह

‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटी होइन’


२०८३ श्रावण २३ शनिबार ००:२० बजे

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले ढिला भए पनि कुनै पनि काम गलत नहुने स्पष्ट पारेका छन्।

जनता तथा शुभेच्छुकहरूलाई धैर्य रहन आग्रह गर्दै उनले नआत्तिन अनुरोध गरेका छन्। बाहिर सुनिएको वा देखिएको कुरा जस्तो छ, वास्तविकता त्यसभन्दा फरक हुन सक्ने उनको भनाइ छ।

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

परिस्थिति अनुसार कहिले एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने र यो आफ्नो लागि पहिलो अनुभव नभएको समेत उनले उल्लेख गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७