ऊर्जामन्त्री घिसिङ राजीनामा दिने तयारीमा


२०८२ पौष २३ बुधबार २०:४९ बजे

काठमाडौँ : ऊर्जामन्त्री कुलमान घिसिङ पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन् । उनी केही बेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारीमा छन् । 

प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् बैठकमा राजनीतिक दलसँग सम्बन्धित मन्त्रीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन्। घिसिङ रास्वपामा औपचारिक रूपमा जोडिएपछि राजीनामा दिने सोचमा पुगेका थिए।

घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजना बनाउँदै आएका छन् । उनी काठमाडौँ-३ बाट उम्मेदवारी दिने तयारीमा छन् । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु अघि उनी पदबाट राजीनामा दिने सोचमा थिए । 

रास्वपा स्रोतका अनुसार पछिल्ला दुई दिनमा घिसिङले राजनीतिक भेटघाट गरेका छैनन् । उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई पनि उनले भेटेका छैनन्।

घिसिङले आज ९ बजे पत्रकार सम्मेलनमार्फत यस विषयमा जानकारी दिने कार्यक्रम तय गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७