ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ४ जेनजी समूहको माग


२०८२ मङ्सिर १७ बुधबार १८:२५ बजे

काठमाडौँ : जेनजी आन्दोलनसँग सम्बन्धित चार समूहले संयुक्त वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक आधार गुमाइसकेको आरोप लगाएका छन् । मन्त्रीहरूले राजनीतिक दलसँग औपचारिक रूपमा संलग्नता जनाएपछि नागरिक सरकारको अस्तित्व नै प्रश्नमा परेको उनीहरूको दाबी छन् ।

कार्यकारी पदमै बसेर दलमार्फत सक्रिय राजनीति गर्नु 'नागरिक सरकारको सिद्धान्त, पदको शपथ र सार्वजनिक नैतिकताको खुला उल्लङ्घन हो भन्दै यस्तो कदमले जनताको विश्वास कमजोर भएको छ र राज्य संयन्त्रलाई दलगत स्वार्थमा झुक्क्याउने प्रयास भएको वक्तव्यमा उल्लेख छ ।

चार समूहले चेतावनी दिँदै भनेका छन्, 'जेनजी विद्रोहले उठाएका सुशासन, पारदर्शिता र जबाफदेहिता जस्ता मूल मुद्दालाई कमजोर पार्ने कुनै पनि चलखेल स्वीकार्य छैन।'

वक्तव्यमार्फत उनीहरूले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । अब कुनै राजनीतिक बहाना, छलफल वा समय तान्ने प्रयास मान्य नहुने उनीहरूको दाबी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७