पृथ्वीसुब्बा गुरुङले गरे एमाले महासचिव पदमा उम्मेदवारी घोषणा


२०८२ मङ्सिर १५ सोमबार १५:२१ बजे

काठमाडौँ : नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११औँ महाधिवेशनमा आफू महासचिव पदका दाबेदार रहेको घोषणा गरेका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले 'महासचिव नै दाबी गरिरहेको छु' भन्दै आफ्नो उम्मेदवारी स्पष्ट पारे .

गुरुङले महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अध्यक्ष बनाउनुपर्ने धारणा दोहोर्‍याए । उनका अनुसार एमालेको आगामी नेतृत्वका लागि ओली नै ‘जनताको बहुदलीय जनवाद’ का उचित उत्तराधिकारी हुन्।

उनी ओलीलाई तेस्रो पटक अध्यक्ष बन्नुपर्ने पक्षमा उभिएका छन् । ओलीलाई उनले ‘देशको ब्रान्डिङ नेता’का रूपमा चित्रित गर्दै राष्ट्रवादी नेतामा विमति नहुने जिकिर गरे।

उनले सडकमा उठेका आवाजको आधारमा नेतृत्व बदल्दै जाने हो भने पार्टीको स्वायत्ततामा असर पर्ने बताए। अरू कसैको एजेन्डा पूरा गर्न ओलीलाई हटाउन नहुने पनि उनको भनाइ थियो।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७