नेकपा एमालेको सचिवमा ओली प्यानल नै विजयी


२०८२ पौष ३ बिहीबार १३:३९ बजे

काठमाडौँ : नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ। नौ जना सचिव पदका उम्मेदवारमध्ये सबै ओली प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् ।

सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन् । उनले १५४४ मत ल्याएर विजयी भए । दोस्रो धेरै मत ल्याउनेमा पद्माकुमारी अर्याल रहेकी छन्। उनले १५३० मत प्राप्त गरिन् ।

तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा छन् । उनले १५०६ मत ल्याएका छन् । यसै गरी सचिवमा शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८ मत ल्याएर विजयी भएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७