सुशीला कार्कीले प्रधानमन्त्री बन्नुअघि र पछि बोलेका कुरा सामाजिक सञ्जालमा भाइरल
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले दोहोरो चरित्र देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
उनले प्रधानमन्त्री बन्नुअघि एकथोक बोलेको र प्रधानमन्त्री बनेपछि अर्कै कुरा बोलेको भन्दै आलोचना भएको हो । उनका दुईथरी भनाई यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
गत कात्तिक २३ गते काठमाडौंमा जेनजी प्रदर्शनका क्रममा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भयो । तगत्तै २४ गते बिहान सडकमा आएकी कार्कीले तत्कालीन प्रधानमन्त्री ओलीले हत्याको जिम्मा लिएर कठघरामा उभिनुपर्ने बताएकी थिइन् ।
पत्रकारले ‘उहाँले नैतिकताको आधारमा राजनामा दिनुपर्छ भन्ने हो ?’ भनेर सोधेको प्रश्नमा उनले भनेकी थिइन्, ‘राजीनामा दिएर मात्रै हुँदैन । यो हत्याको जिम्मा लिएर कठघरामा उभिनुपर्छ । यो हत्याको जिम्मा कठघरामा उभिनुपर्छ ।’
सोही अभिव्यक्तिका कारण उनी जेनजी समूहको अगुवाका रुपमा प्रधानमन्त्री पदमा पुगेकी हुन्।
तर, कार्कीले हालै दिएको एउटा अन्तर्वार्तामा अघिल्लो सरकारलाई दोष नदिने स्पष्ट पारेकी छन् ।
‘म अघिल्लो सरकारलाई दोष दिने पक्षमा छैन । म आलोचना गर्ने पक्षमा पनि छैन’ उनले भनेकी छन्, ‘मलाई जे जिम्मा दिएको छ म त्यही काम गर्न हो ।’
प्रधानमन्त्री कार्कीका यिनै दुई भनाईको भिडिओ क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भरहेको छ ।
जेनजी युवामाथि गोली हान्न आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायतमाथि कारबाही गर्न माग भइरहेका बेला कार्कीको यो भनाईले उनी आलोचित बन्न पुगेकी हुन् ।
उनले आफ्नो एक मात्र मिसन फागुन २१ को निर्वाचनलाई बनाएकी छन् ।
.gif)

.png)

