दुर्गा प्रसाईँको गम्भीर आरोप : सुशीला कार्कीसहित १५ जना जेनजी विध्वंसका प्रमुख योजनाकार
काठमाडौँ : विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत लगायतको आगजनीमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्।
प्रसाईँले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पश्चिमी देशहरूको लगानीमा सञ्चालित एनजिओ र अन्य संस्थाहरू जेनजी आन्दोलनको डिजाइनमा संलग्न रहेको र बारबारा फाउन्डेसनले प्रत्यक्ष भूमिका खेलेको समेत आरोप लगाए।
सिंहदरबार र अन्य राष्ट्रिय सम्पदा जलाउने योजना पहिले नै तय गरिएको र जेनजीको प्रदर्शनमा घुसपैठ गरेर गोली चल्ने वातावरण तयार पार्ने योजना पनि बनाइएको उनले दाबी गरे।
प्रसाईँले यस घटनामा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, डा. गोविन्द केसी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, डा. अभिशेषराज सिंह, डा. सन्दुक रुइत लगायतको भूमिका रहेको बताए ।
उनले सिंहदरबार जलिसकेपछि मिसन पूरा भयो धन्यवाद बालेन ! भनेको भिडिओ समेत सार्वजनिक गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, रास्वपाकी तत्कालीन सांसद डा. तोसिमा कार्की, सुमना श्रेठ, जेनजी अभियन्ता रक्षा बम, सुधन गुरुङसहित १५ जनाको हात रहेको आरोप लगाएका छन् ।
.gif)

.png)

