सुशीला कार्की नेतृत्वको सरकार आगजनी र लुटपाटबाट बनेको ओलीको आरोप


२०८२ कार्तिक १ शनिबार १६:१० बजे

काठमाडौँ : नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालको सरकारलाई असंवैधानिक र आगजनी, तोडफोड र लुटपाटबाट बनेको भन्दै आलोचना गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा ओलीले भने, 'यो सरकार क्रान्तिबाट आएको होइन, प्रतिक्रान्ति हो । संविधान र कानुनले यसलाई मान्दैन ।' उनले थपे, 'आम जनतालाई त्रसित बनाएर, घरमा आगो लगाएर, लुटपाटको वातावरणमा यो सरकार बनाएको हो ।' 

ओलीले वर्तमान सरकारले 'जग नभएको' र 'म्यादी नतोकिएको' दाबी गर्दै सरकार अस्थिर र डरले चल्ने बताए । उनले भने,‘जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ?’

उनले थपे, ‘यो सरकारलाई एक प्रतिशतले पनि समर्थन गरेका छैनन् । एक प्रतिशत भनेको तीन लाख हो। यो आम जनतालाई सहभागी भएर बनाएको होइन। जनताको घरमा आगो लगाएर बनाइएको हो ।’

उनले देशलाई संवैधानिक रिक्तता हुनबाट जोगाउन संसद् पुनर्स्थापनाको विकल्प नभएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७