नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी मोदीले दिए शुभकामना


२०८२ भदौ २८ शनिबार १०:०६ बजे

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । 

मोदीले सामाजिक सञ्जाल एक्समा नेपाली र हिन्दी दुवै भाषामा लेखेर कार्कीलाई शुभकामना दिएका हुन्। 

प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै मोदीले नेपाल र नेपाली जनताको शान्ति, प्रगति र समृद्धिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७