बुधबार नेपाली राजदूतहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री कार्की


२०८२ असोज २१ मंगलबार १९:२५ बजे

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नेपालस्थित विदेशी नियोग प्रमुखहरूसँग पहिलोपटक संयुक्त रूपमा ब्रिफिङ लिन लागेको छ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि सरकारले अगाडि बढाउने प्राथमिकताबारे निर्देशन दिने तयारी गरेको स्रोतले जनाएको छ । 

ब्रिफिङ अपराह्न भर्चुअल माध्यमबाट हुने छ भने परराष्ट्र मन्त्रालयले विदेशी नियोग प्रमुखहरूलाई समेत सरकारका नीतिगत प्राथमिकताबारे जानकारी गराउने तयारी गरेको छ।

ब्रिफिङको निश्चित समय भने अझै टुंगो लागिसकेको छैन ।  नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतको चलन छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७