श्रम संस्कृति पार्टीमा पुण्य गौतमको इन्ट्री


२०८२ असोज १५ बुधबार १८:१० बजे

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’को नेतृत्वमा नयाँ गठन भएको ‘श्रम संस्कृति पार्टी’मा युवा अभियन्ता पुण्य गौतमको स्वागत गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले पुण्यलाई पार्टीमा स्वागत गरेका हुन् । साम्पाङले गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको रूपमा निर्वाचित भएपछि खानेपानी आयोजना निर्माण र श्रमदान अभियानमार्फत समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 

नयाँ दलको माध्यमबाट उनले श्रम र संस्कृतिलाई जोडेर स्थानीय तहमा विकास र सामाजिक परिवर्तनका कार्यक्रम अघि बढाउने योजना बनाइरहेका छन् । उनले भदौ ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेका छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७