वीरगञ्जमा सबैभन्दा धेरै वर्षा


२०८२ असोज १८ शनिबार १३:४७ बजे

काठमाडौँ : काठमाडौं उपत्यकामा पछिल्लो ६ घण्टामा नैकाप क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार, शनिबार बिहानसम्मको मापनमा नैकापमा ३९ मिलिमिटर वर्षा भएको छ।

विभागका मौसमविद् डेविड ढकालका अनुसार पानीपोखरीमा २५.२ मिलिमिटर, कपनमा २४.४ मिलिमिटर, सुन्दरीजलमा २१.८ मिलिमिटर र बबरमहलमा २१ मिलिमिटर वर्षा मापन गरिएको छ । 

उक्त अवधिमा देशभरमा सबैभन्दा धेरै वर्षा पर्सा जिल्लाको वीरगञ्जमा मापन गरिएको छ । वीरगञ्जमा ७८.८ मिलिमिटर वर्षा भएको जानकारी दिँदै मौसमविद् ढकालले बारा, पर्सा, सर्लाही र रौतहटमा पनि उच्च वर्षा भइरहेको बताए ।

'काठमाडौं उपत्यकामा आज दिनभर र राति पनि निरन्तर वर्षा हुने सम्भावना छ,' ढकालले भने, 'कसै-कसै समयमा वर्षा केही कम भए पनि फेरि तीव्र हुने देखिएको छ।'

काठमाडौंमा शुक्रबार राति ९ बजेबाट वर्षा सुरु भएको थियो। राति १२ बजेदेखि भने लगातार वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका केही क्षेत्रहरूमा सडकमै पानी जमेको र जनजीवन प्रभावित भएको देखिएको छ । मौसम विभागले आवश्यक सतर्कता अपनाउन सार्वजनिक आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७