सिंहदरबारभित्र जलेका सवारी हटाउन सुरु

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारी साधन जलेपछि मंगलबारदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ।
आगजनीमा क्षतिग्रस्त एक हजार सवारी साधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ। हालसम्म २०० वटा चार पाङ्ग्रे र ४०० दुई पाङ्ग्रे सवारी साधन व्यवस्थापन गरिएको छ ।
जलेका सवारी साधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ। सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए।