बालेन र सुधनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो


२०८२ असोज २१ मंगलबार १७:५१ बजे

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका छन् । 

प्रहरीले जाहेरी दर्ता गर्ने वा नगर्नेबारे निर्णय गर्न सरकारी वकिलसँग परामर्श गरिरहेको जनाइएको छ। अखिलका पूर्वअध्यक्ष समीक बडालका अनुसार प्रहरी पक्षले २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको छ।

बडालले आफूहरू कानूनी राज्य र विधिको शासनको पक्षमा उभिएरै जाहेरी दिएको दाबी गर्दै प्रहरीको निर्णयपछि थप कदम चाल्ने बताएका छन्।

अखिलले सिंहदरबार लगायतका सरकारी संरचनामा आगजनी, निजी सम्पत्ति तोडफोड, र प्रहरीको हत्या जस्ता घटनामा बालेन र सुधनको संलग्नता रहेको आरोप लगाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७