जेनजी प्रदर्शन : फौजदारी कसुरको कारबाहीका लागि जाँचबुझ आयोगको प्रतिवेदन कुर्नु नपर्ने


२०८२ असोज २१ मंगलबार १८:०९ बजे

काठमाडौँ : गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनसँग सम्बन्धित घटनाहरूको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न व्यक्तिमाथि कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न आवश्यक नरहेको जनाएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा गृह मन्त्रालयको असोज ९ गतेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । मन्त्रालयले आयोगको प्रतिवेदनपछि मात्र कारबाही हुने भनाइ सार्वजनिक गरेको थियो ।

तर आयोगले फौजदारी प्रकृतिका अपराधमा अनुसन्धान र कारबाहीका लागि सरकारका अन्य संयन्त्रहरूले आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको हो । आयोगले आफ्नो कार्यादेश सूचना सङ्कलन, विश्लेषण र राय सुझाव दिने सीमित दायरा भित्र रहेकोसमेत उल्लेख गरेको छ ।

 

उक्त आयोग भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा भएका भौतिक र मानवीय क्षतिको सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गठन गरिएको हो । आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम प्रारम्भ गरिसकेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७