प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि युवक पक्राउ


२०८२ असोज १५ बुधबार ०८:०४ बजे

काठमाडौं । काठमाडौँमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन् । 

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो।

तामाङलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७