वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जितमा कप्तान रोहित बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं : दुई पटक (सन् २०१२ र २०१६) को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल ‘प्लेयर अफ दि म्याच’ बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपालका तर्फबाट सर्वाधिक ३८ रन बनाएका रोहितले३ ओेभर बलिङ गर्दा २० रन खर्चेर एक विकेट लिए । आजको खेलमा उनको कप्तानि पनि उत्कृष्ट रह्यो ।
पौडेलले आफूले पाएको अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गरेका छन् । पौडेलले भने, ‘मेरो म्यान अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गर्न चाहन्छु ।’