विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल

काठमाडौँ : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । उनलाई आयोगमा विज्ञका रुपमा सरुवा गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्।