डा. मिश्र स्वास्थ्य मन्त्री बन्ने

काठमाडौँ : स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री नियुक्त गर्न तयारी भइरहेको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।
डा. मिश्र यौन र प्रजनन स्वास्थ्य विशेषज्ञ तथा प्रसूति र स्त्री रोग विशेषज्ञका रूपमा परिचित छिन्। उनी स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व समेत गरिसकेकी छिन्।
उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। मन्त्री बन्ने भएपछि उनले पदबाट राजीनामा दिइसकेको बताइएको छ। गत वर्षको फागुनमा डा. विकास देवकोटा स्वास्थ्य सचिवको पदमा बढुवा भएपछि डा. मिश्र बिदामा बसिरहेकी थिइन् ।