निर्धारित मितिमै निर्वाचन हुनुपर्छ : महामन्त्री शर्मा


२०८२ असोज ११ शनिबार २०:२६ बजे

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मा नै निर्वाचन आवश्यक रहेको बताएका छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् यस्तो बताएका हुन् । 

‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनकै माध्यमबाट ‘रिफ्रेस’ गर्न सकिने भएकाले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्छ,’ महामन्त्री शर्माले भने, ‘यसका लागि कांग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।’

उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्रमै खतरा हुने भन्दै त्यसलाई सफल बनाउन कांग्रेस सहयोगी भूमिका खेल्न तयार रहेको जनाए । शर्माले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी जेनजी युवाको भावना अनुसार नभएको भन्दै दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए। 

साथै, पार्टी सभापति देउवाको घरमा पैसा भेटिएको भन्ने विषयमा उनले सामाजिक सञ्जालका भिडियोहरूकै भरमा निष्कर्ष निकाल्न नहुने भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७