दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको शानदार जित


२०८२ असोज ११ शनिबार २३:५१ बजे

काठमाडौँ : दुई पटक (सन् २०१२ र २०१६)को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकालेको हो।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए । नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले एक/एक विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरी १७, सन्दीप जोरा ९ कुशल भुर्तेल ६, आसिफ शेख ३ र करण केसी ० रन बनाएर आउट भए । सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे ।

बलिङमा वेष्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ४ विकेट लिएका थिए । ३ खेलको टी-२०आई सिरिजान्तर्गतको दोस्रो खेल सोमबार हुनेछ । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी-२० विश्वकप च्याम्पियन टोली हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७